नेपाली श्रमिकले बिपिडब्लु लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 09:08:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर निष्काशन गरेको हो ।  आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  

नेपाल श्रमिकलाई निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले आम सर्बसाधारणलाई फागुन १८ गतेदेखि आईपिओ निष्काशन गर्ने छ । यस निष्काशनमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।  

त्यस्तै १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ ।  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ८०  हजार ९ सय ५० कित्ता शेयरको लागि फागुन १८ देखि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  यसरी कम्पनीले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.

नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ । लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गर्ने मर्जर प्रक्रियामा जाने तयारी कम्पनीले गरेको हो । 

 कम्पनीले आईपिओ निष्काशनको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।. कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved