मर्जरपछि ग्लोबल आइएमई बैंकको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 02:46:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ग्लोबल आईएमई बैंकको ११ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेपछि बैंक अफ काठमाण्डूतर्फको ११ करोड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता शेयर सुचिकृत भएको हो ।

बैंक अफ काठमाण्डूको यो शेयर अब ग्लोबल आईएमई बैंकको नामबाट कारोबार हुने छ  । ग्लोबलले बैंक अफ काठमाण्डूलाई १:१ को स्वापमा गाभेको हो । 

आज सुचिकृत शेयर र ग्लोबल आईएमई बैंकको यस अघि नै कायम २४ करोड ५० लाख ९६ हजार २ सय ६१ कित्ता गरि अब बैंकको कुल सुचिकृत शेयर संख्या ३५ करोड ७७ लाख १० हजार ५ सय ९८ दशमलव १७ कित्ता कायम भएको छ  ।

शेयर सुचिकृत भएसँगै फागुन १० गते बुधबारबाट बैंकको शेयर कारोबार सुचारु हुने छ  । नेप्सेले बैंकको पहिलो कारोबारको लागि २०९.४२ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved