नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड योजना आजदेखि कारोबारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 09:48:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रही संचालनमा रहेको खुलामुखी म्युचुअल फण्ड योजना 'नबिल फ्लेक्सी क्याप फण्ड' को कारोबार आज फागुन ११ गतेदेखि सुरु भएको छ 

नबिल इन्भेष्टमेन्टको काठमाडौँको नक्साल स्थित कार्यालयबाट इकाई खरीद बिक्री गर्न सकिने छ । शुक्रबार , शनिवार र सार्वजनिक विदाको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्री गर्न सकिने नबिल इन्भेष्टमेन्टले जनाएको छ  

 कम्पनीले कार्तिक २३ गतेदेखि मङ्सिर ७ गतेसम्म नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु  सर्वसाधारणलाई बिक्रि खुला गरेको थियो 

हाल एनआईबिएल एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजनाको कारोबार संचालन गरिरहेका छन् । नबिल इन्भेष्टमेन्टको  'नबिल फ्लेक्सी क्याप फण्ड' कारोबारमा आएको छैठौ खुलामुखी म्युचुअल फण्ड योजना हो।  

कुमारी क्यापिटलले पनि नेपाल धितोपत्र बोर्डबाट खुलामुखी योजना संचालनको लागि अनुमति पाईसकेको छ ।  प्रभु क्यापिटलले धितोपत्र बोर्डमा खुलामुखी योजना निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । अनुमति पाएपछि प्रभुको खुलामुखी फण्ड आठौ हुने छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved