कालिन्चोक दर्शन लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 09:03:39 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिन्चोक दर्शन लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । यससँगै अब कालिन्चोक दर्शन लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने छ। 

कालिन्चोक दर्शन लिमिटेडले हालै मात्र आइपिओ निष्काशन गरेको थियो ।कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरण हुने क्रममा रहेको छ । शेयर सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

कम्पनीले दोलखाको कालिन्चोकमा केवलकार संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved