
एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।
कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो ।
यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।