६६ अंकको उतारचढावपछि हरियो भएर बन्द भयो शेयरबजार, कमाउनेमा लघुवित्त नै अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 03:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ४.५ अंकले बढेर २०२७.१९ को बिन्दुमा पुगेर रोकिएको छ 

आज बजारमा ६६ अंकको उतारचढाव देखिएकोमा अन्तिममा बजार हरियो भएर बन्द भएको हो । बजार कुनै समय ६१ अंकले झरेको भएपनि आन्तिममा हरियो भएर आजको कारोबार बन्द भएको हो । यस अघिको कारोबार दिनमा लघुवित्त समुहमा भारी गिरावट आए पनि आज भने सर्वाधिक कमाउने ५ मध्ये ४ वटा कम्पनी लघुवित्त समुहका रहेका छन् । 

आज कारोबारमा आएका २६२ कम्पनीका ६५ लाख १५ हजार ८ सय ५२ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६ रुपैयाँ १३ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १० करोड ५ लाखको कारोबार भएको छ । त्यस्तै एनआईसी एसिया बैंकको ७ करोड ८६ लाख, छिमेक लघुवित्तको ७ करोड १६ लाख तथा जीवन विकास लघुवित्तको ६ करोड ९६ लाखको कारोबार भएको छ ।

आज विजय लघुवित्तको शेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशत बढेको छ । त्यस्तै ग्रिन डेभलपमेन्टको शेयर मूल्य ७.६० प्रतिशत, अभियान लघुवित्तको शेयर मूल्य ७.६०, मिर्मिरे लघुवित्तको शेयर मूल्य ७.९६ प्रतिशत तथा आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ६.९४ प्रतिशत बढेको छ । 

आज सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ५.३६ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन् । लघुवित्त समुह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved