आत्मनिर्भर लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 08:37:48 AM मा प्रकाशित

laxmi sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो।

कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि , १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको हो। आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि दिन सकिने छ।  कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।.

 कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ १६ गतेदेखि आईपिओ निष्काशन गरि बाँदफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।. कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved