माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 10:52:52 AM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन २५ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलामका स्थानीयको लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा इलाम जिल्लाक स्थानीयले मात्र आवेदन दिन सक्ने छन् । 

 त्यस्तै १ लाख ५२ हजार ९ सय ४१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।

 स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा चैत्र ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । श्रमिकलाई छुट्याईएको शेयरमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।  

कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved