नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको मुद्दामा सुनुवाई सकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 12:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स बितरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई सकिएको छ ।   आज न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा उक्त रिटको सुनुवाई भएको हो । 

सुनुवाई सकिएपनि आदेश भने आईसकेको छैन ।  

 अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै कार्तिक ४ गते न्यायधीश तिल प्रसाद श्रेष्ठको एकल इजलाशले  नयाँ स्टक एक्सचेन्ज , कमोडिटी एक्सचेन्ज, र ब्रोकरको लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। अदालतको आदेशपछि सबै प्रक्रिया अहिले स्थागित भएको छ । 

सोहि इजलाशले यस मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। यसै मुद्दामा कार्तिक २९ गते न्यायधीशद्वय विश्वम्भर श्रेष्ठ र हरिप्रसाद फुयालको सम्युल्ट इजलाशले  निर्णय फाइल झिकाउने आदेश दिएको थियो । त्यसपछि  पुस ५ गते अदालतले पूर्ण सुनुवाईका लागी पेश गर्ने र अग्राधिकार दिने आदेश दिएको थियो। त्यसपछि २ पटक पेशी तोकिएपनि सुनुवाई हुन सकेको थिएन । आज भने न्यायधीशद्वय इश्वर खतिवडा र हरि प्रसाद फुयालको संयुक्त इजलाशमा उक्त रिटको सुनुवाई भएको हो । 

ब्रोकर लाईसेन्सको लागि आवेदन दिएको हिमालयन ब्रोकरेज कम्पनीले अधिवक्ता दिपक विक्रम मिश्र विरुद्द पनि सर्वोच्चमा मुद्दा हालेको छ । सोहि रिटलाई पनि एकै ठाउंमा राखेर आज सुनुवाई भएको हो ।  

अधिवक्ता मिश्रले दायर गरेको रिटमा  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाईएको छ। नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को छुट्टै रिट पनि दर्ता भएको थियो । अधिवक्ता अमृत खरेल संवैधानिक इजलाशमा रिट दायर गरेका थिए। सो रिट भने सर्वोच्चले खारेज गरिसकेको छ । 

 बोर्डले असोज २ गते सूचना जारी गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । बोर्डले एउटा स्टक एक्सचेन्ज र २ वटा कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने सूचनामा जनाएको थियो । तर कतिवटा ब्रोकरलाई लाइसेन्स दिने भन्नेबारे सूचनामा खुलाएको थिएन । ब्रोकर लाईसेन्सको लागि ४६ कम्पनीले आवेदन दिएका छन्  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved