खारेज हुँदै 'ग्लोबल आइएमई समुन्नत योजना-१' , चैत्र ९ गते अन्तिम कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 08:59:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई क्यापीटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'ग्लोबल आइएमई समुन्नत योजना-१' खारेजीमा जाने भएको छ। योजनाको अवधि समाप्त भएकोले यो योजना २०७९ साल चैत्र ११ गते बाट खारेज हुने भएको हो।

यस योजनाको अन्तिम कारोबार चैत्र ९ गते बिहिबार हुने छ। ०९ गते बिहीबारका दिन कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल प्राप्तिको लागि योग्य हुने छन्।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने र खारेजीमा लग्ने क्रममा सोही नियमावलीको नियम (३१) को उपनियम (६) बमोजिम खारेजीमा लग्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्डलाई जानकारी दिई राष्ट्रियस्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको छ। सोहि अनुसार क्यापिटलले सूचना प्रकाशन गरेको हो ।  

“ग्लोबल आइएमई समुन्नत योजना-१” खारेजी पश्चात् सोही नियमावलीको नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था रहेकोले प्रचलित कानुनी तथा नियामकिय प्रक्रिया पुरा गरी इकाईधनीहरुलाई फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ । यस क्रममा आवश्यकता अनुसार सार्वजनिक रुपमा पछि सूचना प्रकाशित गरी इकाईधनीहरुलाई जानकारी गराईने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटलले इकाई डिम्याट नगरेको भए डिम्याट गराउन र यस अघि वितरण गरिएको लाभांश नलिएको भए बैंक खाता अध्यावधिक गरि लाभांश लिनको लागि आग्रह गरेको छ । यस योजनाले आर्थिक वर्ष ७६/७७ मा ४ प्रतिशत र ७७/७८ मा १०० प्रतिशत लाभांश दिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved