सभापोखरी हाईड्रोले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 04:53:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 सभापोखरी हाईड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ  । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

बिक्री प्रबन्धक चयन सम्बन्धि सम्झौतामा  सभापोखरी हाईड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । 

सभापोखरी हाईड्रोपावरले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा ५ मेगा वाट क्षमताको  लंखुवा  खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरगेको छ । कम्पनीका अनुसार आयोजनाको ८० प्रतिशत सम्पन्न भईसकेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved