सन नेपाल लाइफले माग्यो प्रिमियम मूल्यमा आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2023 | 06:25:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले ९६ लाख कितात शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ संकलन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक तोकेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved