स्थानीयले भूगोल इनर्जीको आईपिओ भर्ने म्याद थपियो, श्रमिकहरुलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 08:53:43 AM मा प्रकाशित

laxmi  sunrise bank

भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसँगै स्थानीयले चैत्र ७ गतेसम्म आवेदन दिन सक्ने छन्  श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको हकमा भने आज फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। 

कम्पनीले फागुन ८ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गरेको हो । कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन ८ गतेदेखि आईपिओ निष्काशन गरेको हो 

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४४ हजार ५३ कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र  नौमुले द्वारी ३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता शेयर र नौमुले द्वारी ३ बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ७२ हजार २७ कित्ता शेयर निष्काशन गरिएको छ। त्यस्तै १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।

 दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  भूगोल इनर्जीले  दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved