सगरमाथा जलविद्युत कम्पनीको आइपिओ बाँडफाँड, कसले कति पाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 07:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुमा निष्काशन गरेको शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार शेयर बाँडफाँड गरेको हो।

कम्पनीले  ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११,२०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४,३६,८०० कित्ता शेयर आज बाँडफाँड भएको हो ।

बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार  स्थानियबासीको हकमा १० कित्ता देखि ३,००० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३,०८० कित्ता र ३,१५० कित्ता देखि १०,००० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११,२०,००० कित्ता शेयर बाँडफाँड गरिएको छ । त्यस्तै  विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५,००० कित्ता सम्म आवेदन दिने ९,५४१ जना मध्ये गोलाप्रथाबाट ६८३२ जनालाई थप १० कित्ता गरी  शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट  बाट हेर्न सकिने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved