प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिन्छ आत्मनिर्भर लघुवित्तको आइपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 10:00:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

क्यापिटलका अनुसार  आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ  ।

माग भन्दा बढिको आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ  । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र शेयर पाएका छन्  । शेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता  शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन्  ।

कम्पनीले फागुन ११ गतेदेखि  फागुन १५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो।  कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि , १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणको लागि निष्काशन गरेको थियो।.

आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved