भिजन लुम्बिनी उर्जा कम्पनीले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2023 | 05:31:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २१ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहने छ ।  

यस आयोजनाको  विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजना सहित काम गरिरहेको कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved