आइएमई लाइफ इन्स्योरेन्सले माग्यो प्रिमियम मूल्यमा आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 03:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले फागुन २८ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ संकलन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved