प्रिमियम मूल्यमा आइपिओ निष्काशन अनुमति माग गर्ने कम्पनी ७ पुगे, कुनको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 11:09:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियम मूल्यमा आईपिओमा निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ७ पुगेको छ । पछिल्लो समय आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको लागि अनुमति माग गरेपछि प्रिमियममा आईपिओको लागि अनुमति माग्ने कम्पनीको संख्या ७ पुगेको हो ।

हालसम्मको विवरण अनुसार प्रिमियममा आईपिओ निष्काशनको अनुमति माग गर्ने ७ कम्पनी मध्ये ३ वटा बीमा कम्पनी, २ वटा सिमेन्ट कम्पनी, र २ वटा हाइड्रो कम्पनी रहेका छन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आईपिओ निष्काशन गर्ने छन् ।

कुन कुन हुन् ७ कम्पनी ?

१. घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले  प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति माग गर्दै गत साउन ९ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता प्रिमियम सहित ४०० र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता प्रिमियम सहित ४३५ रुपैयाँ कायम गरेको छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

 घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।  त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

२. सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले गत असोज ६ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।  कम्पनीले आयोजना प्रभवित स्थानीय र कर्मचारीलाई १२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२५ रुपैयाँमा शेयर निष्काशनको अनुमति माग गरेको हो । त्यस्तै कम्पनीले सर्वसाधारणलाई १४९.८४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४९.८४ रुपैयाँमा शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । 

३. रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा  आईपिओ निष्काशनको अनुमति माग गर्दै गत असोज १३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।  कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ  । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ  । 

४. सन नेपाल लाइफ इन्स्योरेन्स 

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपिओ निष्काशनको अनुमति माग गर्दै फागुन १७ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ संकलन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक तोकेको छ ।

५. आईएमई लाइफ इन्स्योरेन्स 

आइएमई लाइफ इन्स्योरेन्सले फागुन २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १७६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँमा शेयर निष्काशन गर्दा ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ संकलन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

६.  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत मङ्सिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि कम्पनीले  सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

यस कम्पनीले कास्कीमा  ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

७. माण्डु हाइड्रोपावर लिमिटेड

माण्डु हाइड्रोपावर लिमिटेडले गत पुस ११ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्बसाधारणलाई १०० रुपैयाँ अंकित दरका शेयरमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २४८ रुपैयाँमा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । कम्पनीले ४० करोड ५८ हजार १९ हजार ७ सय ६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  

 माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

कानुनी व्यवस्था: 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न सक्ने व्यवस्था छ । उक्त नियमावली अनुसार निम्न मापदण्ड पुरा गरेका कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्न सक्ने छन् । 

१. संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको,

२. संगठित संस्थाको प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको,

३.  संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको,

४. संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाईएको बिधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन तयार गरेको, 

५. निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको ।

६. संगठित संस्थाले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्ने ।

कसरी निर्धारण हुन्छ प्रिमियम मूल्य ?

१. धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन वा बिक्री प्रस्ताव मार्फत निष्काशन गर्न चाहने सङ्गठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्याँसफ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ ।

२. यसरी कायम भएको औषत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ ।

 १. यी विधि अवलम्बन गर्दा लिइएका मान्यता तथा आधारहरू खुलाई सो को औचित्य समेत स्पष्ट गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved