दोल्ती पावर कम्पनी र भूगोल इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 08:44:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजना प्रभावित स्थानीयले दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनीको आईपिओमा आवेदन दिने आज चैत्र ७ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले आयोजना प्रभावित दैलेखका स्थानीयलाई फागुन ८ गतेदेखि आईपिओ निष्काशन गरेका हुन् 

दोल्ती पावर कम्पनीले  दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर निष्काशन गरिएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी लिमिटेडले  दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४४ हजार ५३ कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र  नौमुले द्वारी ३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता शेयर र नौमुले द्वारी ३ बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ७२ हजार २७ कित्ता शेयर निष्काशन गरिएको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । भूगोल इनर्जीले  दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved