माई खोला हाइड्रोको आईपिओ भर्ने आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 09:17:59 AM मा प्रकाशित

laxmi  sunrise bank

माई खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गरेको थियो।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन २५ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले इलामका स्थानीयको लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता शेयर निष्काशन गरेको थियो।  त्यस्तै १ लाख ५२ हजार ९ सय ४१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरेको थियो।

दुवै समुहको आईपिओमा आज चैत्र ९ गतेसम्ममात्र आवेदन दिन सकिने छ । स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । श्रमिकलाई छुट्याईएको शेयरमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।  

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।  कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved