रावा इनर्जिको पहिलो चरणको आईपिओ आजदेखि बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 08:24:59 AM मा प्रकाशित

laxmi sunrise bank

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज चैत्र २३ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आज चैत्र २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई निष्काशन गरेको छ । त्यस्तै ५६ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको छ। 

आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता आर अधिकतम २८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने बैशाख ७ गतेसम्म मात्र आवेदन दिन सकने छन् । 

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन २५ गते आईपिओ निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved