सर्वसाधारणलाई मेन्छियाम हाइड्रोपावरको आईपिओ वैशाख ४ गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 08:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर निष्काशन गर्न लागेको हो 

सर्बसाधारणले आईपिओमा बैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved