कुन मूल्यमा भयो सानिमा मिडिल तमोर हाइड्रोको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 10:50:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोको शेयर कारोबार सुचारु भएको छ ।  आज सोमबार स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि कम्पनीको नियमित कारोबार सुचारु भएको हो। 

कम्पनीको पहिलो कारोबार प्रति कित्ता २९५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.४३ रुपैयाँदेखि २९५.२९ रुपैयाँसम्मको रेन्ज तोकेको थियो। यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा उच्चतम बिन्दुबाट नै पहिलो कारोबार सुरु भएको हो । कम्पनीको TAMOR सिम्बलबाट कारोबार भएको छ। 

आइतबार कम्पनीको ३ करोड ३३ लाख २५ हजा  कित्ता शेयर सुचिकृत भएको थियो । 

कम्पनीले फागुन २६ गतेदेखि  फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved