नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 10:01:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ३० गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६.५ प्रतिशत नगद लाभांश गरी कुल १४.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणले  स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ  । कम्पनीले  हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी  ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved