राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 10:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको निर्देशनपछि जाल्पा सामुदायिक लघुवित्तको लाभांश घटेको छ  । कम्पनीले यस अघि कुल  कुल ७६.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि अब १५ प्रतिशत मात्र वितरण गर्ने छ  ।

कम्पनीले यस अघि  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  ७३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांस गरि कुल ७६.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंकको निर्देशनपछि अब कम्पनी १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो। 

 नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभाबाट स्वीकृत भएपह्चि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

हेर्नुस् कम्पनीको पत्र :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved