नेप्सेमा ९ महिनामा २७१ अर्बको धितोपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 12:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७९÷८० को नौ महिनामा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २७१ अर्ब बढीको धिपत्र सुचिकृत भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रु.१६५ अर्ब ५६ करोड बराबरको साधारण शेयर, रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु.३१ अर्ब ८४ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब ११ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.२७१ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.१२ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.३० अर्ब ३५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७८ चैत मसान्तमा २४१५.२५ रहेको नेप्से सूचकाङ्क २०७९ चैत मसान्तमा १९३४.४८ कायम भएको छ । २०७९ चैत मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.२८१३ अर्ब ५५ करोड कायम भएको छ । २०७८ चैत मसान्तमा बजार पुँजीकरण रु.३४२६ अर्ब ११ करोड रहेको थियो।

२०७९ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ६९ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ६ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ चैतमा सूचीकृत कम्पनीहरूको संख्या २२९ रहेको थियो। 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ चैत मसान्तमा सूचीकृत ७ अर्ब १९ करोड शेयरको चुक्ता मूल्य रु.७०९ अर्ब २७ करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved