घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 10:42:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार तोलाको  १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले घटेर तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेर प्रति तोला  १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved