नेप्सेमा अध्यक्ष पद रिक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 07:47:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको अध्यक्ष पद रिक्त भएको छ । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयका सहसचिव चक्र बहादुर बुढाको सरुवा गरिदिएपछि नेप्सेमा अध्यक्ष पद रिक्त भएको हो ।

चक्रबहादुर बुढा अर्थ मन्त्रालयमा सहसचिव थिए । अर्थ मन्त्रालयले उनलाई नेप्सेको अध्यक्षको पनि जिम्मेवारी दिएको थियो ।

तर गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । उनको सरुवा भएसंगै नेप्सेमा अध्यक्ष पद रिक्त भएको हो । यस संगै अब अर्थ मन्त्रालयले नेप्सेको अध्यक्षमा अर्को व्यक्ति पठाउने छ ।

नेप्सेमा अर्थ मन्त्रालयको सबै भन्दा धेरै अर्थात् ५८.६६ प्रतिशत शेयर लगानी रहेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved