नेप्सेमा रावा इनर्जी र मोदी इनर्जी आईपिओ सुचिकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 01:24:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी लिमिटेडको आईपिओ सुचिकृत भएको छ । आज मंगलबार रावाको २८ लाख कित्ता र मोदीको २ करोड ९० लाख कित्ता शेयर सुचिकृत भएको हो  ।

शेयर सुचिकृत भएसंगै बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । बुधबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । 

रावा कम्पनीको RAWA सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८३.१० रुपैयाँ देखि  २४९.३० रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

त्यस्तै मोदी इनर्जीको MEL सिम्बलबाट कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९२.५७ रुपैयाँ देखि  २७७.७१ रुपैयाँ सम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved