माथिल्लो मेलुङ खोलाको पहिलो चरणको आइपिओ साउन ४ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2023 | 09:14:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो मेलुङ खोला जलविद्युत  लिमिटेडले साउन ४ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले  साउन ४ गतेदेखि आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो  । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा साउन १८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन १८ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ  । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ५० करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved