ब्रोकर नम्बर ६२ उद्घाटन, लगानीकर्तालाई प्राविधिक र आधारभुत विश्लेषणको सफ्टवेयर निःशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2023 | 09:19:34 PM मा प्रकाशित

laxmi sunrise bank

क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नंं. ६२) को औपचारिक उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा कम्पनीको उद्घाटन भएको हो।

कार्यक्रममा लगानीकर्ताका अगुवा नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार, नेपाल स्टक एक्सचेन्जका निवर्तमान कार्यकारी निर्देशक, चन्द्र सिंह साउँद, सि.डि.एस. एण्ड क्लीयरिङ लिमिटेडका प्रमुख कार्यकारी निर्देशक पूर्ण प्रसाद आचार्य, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र क्यापिटल म्याक्स सेक्यूरिटिजका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले सम्बोधन गरेका थिए ।  

कार्यक्रममा लगानीकर्ताका अगुवा छोटेलाल रौनियारले क्यापिटल म्याक्स सेक्यूरिटिज परिवारलाई बधाई ज्ञापन गर्दै लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैकलाई ब्रोकर लाईसेन्स दिने माग पुरा गर्नका लागि बोर्डका अध्यक्ष रमेश कुमार हमाल लाई सफल भएको हुदाँ लाखौ लगानीकर्ताको माग पुरा भएको भन्दै उनलाई धन्यवाद व्यक्त गरे। आगामी दिनमा ब्रोकर कमिसन पनि घटाउनुपर्ने धारण उनले राखे । 

त्यसैगरी नेप्सेका निवर्तमान कार्यकारी अध्यक्ष चन्द्र सिंह साउदले आफ्नो कार्यकालमा नेप्से ३० लेराउनको लागि कार्यविधि बनाएको बताउदै पूजिबजारको बिकास तथा बिस्तारको लागि ब्रोकर लाईसन्स बितरणले ठूलो सहयोग पुग्ने एवं बजारलाई अझ चलाएमान बनाउँनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको कुरा बताए । 

त्यसै गरी सि.डि.एस. एण्ड क्लीयरिङ लि.का प्रमूख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बधाई दिदै आफुहरुले सिमित स्रोतका बाबजुत लगानीकर्तालाई गुणस्तरिय सेवा दिईरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आफ्नो सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँन अगाडी बढेको जानकारी गराए । साथै लामो समयदेखि लगानीकर्ताहरुले कारोवारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ४३ वटा एल.ओ.आई. आईसकेका ब्रोकरहरुमध्ये हिजोसम्म २९ वटा कम्पनीले लाईसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाईसेन्स दिने जानकारी गराए ।  बोर्डका अध्यक्षले अझै पूजिबजार रिफर्मको लागि धेरै काम गर्न बाकी रहेको कुरा बताए । त्यसै गरी आउदै गरेको मौद्रिक नितिमा राष्ट्र बैंकबाट पुजिँबजारको हितमा नितिहरु सुधार हुने विश्वास व्यक्त गरे ।

अन्यमा, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष अतित लाल श्रेष्ठले “के नयाँ सुविधा दिदैछ नयाँ ब्रोकरहरुले” भन्ने सन्दर्भमा लगानीकर्ताहरुले झेल्दै आएको समयमै भुक्तानी नपाउने समस्यालाई क्यापिटल म्याक्सले तत्कालै समाधान गर्ने प्रतिवद्दता जनाए । साथै २० वर्ष देखिको विज्ञता लाई प्रयोग गरी क्यापिटल म्याक्सलाई प्रविधि मैत्री बनाउँदै क्यापिटल म्याक्सका हरेक लगानीकर्ताहरुलाई आफ्नै वेवसाईटमार्फत सम्पूर्ण प्राविधिक विश्लेषण एवं आधारभुत विश्लेषणको सफ्टवेर समेत निःशुल्क उपलब्ध गराउने प्रतिवद्दता जनाए ।

नयाँ सुविधा अन्तर्गत लगानीकर्तालाई चौविसै घण्टा अफलाईन अर्डर राख्न मिल्ने गरी व्यवस्थापन गर्ने साथै लगभग ७०० बर्गफिटको डिस्प्ले कक्ष मार्फत दुईवटा ठूला स्क्रिन र लगानीकर्तालाई भेला गराई हरेक क्यापिटल म्याक्सका लगानीकर्ताहरुलाई सुझबुझ गरी स्मार्ट तरीकाले लगानी गर्ने बातावरण निर्माण गर्ने कुरामा जोड दिए । जसरीनै लगानीकर्ताको विश्वास जित्न कुनै कसुर बाँकी नराख्ने उनले बताए। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved