आज आइतबारको प्रि ओपन सेसनमा शेर बजार परिसूचक नेप्से बढेको छ । आज प्रि ओपनमा नेप्से सूचक २.५४ अंकले बढेको हो ।
आज प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये १४ मध्ये ११ कम्पनीको शेयर मूल्य बढेको छ । प्रि ओपन सेसनमा कुल २ हजार २ सय २० कित्ता शेयर खरिद बिक्रीबाट ८ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष ८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो । शेयर लगानीकर्ताहरुले मौद्रिक नीतिलाई चासोका साथ हेरेका छन् । मौद्रिक नीति आउनु अगाडी आजको प्रि ओपन सेसनमा नेप्से सूचक २.५४ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।