हिमालयन ८०-२० म्युचुअल फण्डमा माग भन्दा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 05:47:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाईमा माग भन्दा बढीको आवेदन परेको छ । म्युचुअल फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन आज शुक्रबार ५ बजेसम्मको तथ्यांक अनुसार माग भन्दा बढीको आवेदन परेको देखिएको हो 

क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन गरेकोमा ९ करोड १४ लाख ६१ हजार ८ सय २० इकाईको लागि आवेदन परेको सिडीएससीले जनाएको छ।  

यस योजनाको आकार १ अर्ब रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक हिमालयन बैंकलाई छुट्याईएको थियो। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।  यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

 यस “हिमालयन ८०–२०” नामक योजनाको कुल लगानी मध्ये ८०% (अस्सी प्रतिशत) पुंजी तथा वित्त बजारका दीर्घकालीन लगानी मार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २०% (बीस प्रतिशत) पुंजी तथा वित्त बजारको उतार चढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरुलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।   

यो पनि : बजारको वृद्धिभन्दा बढी प्रतिफल दिने मोडलमा हिमालयन म्युचुअल फण्ड योजना डिजाइन गरेका हौँ (अन्तर्वार्ता)

म्युचुअल फण्ड के हो ? कस्ता लगानीकर्ताको लागि उपयुक्त हुन्छ ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved