दोर्दी खोला र राप्ती हाइड्रोले हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 09:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशन गर्ने भएका छन् ।  दोर्दी खोलाको भदौ २८ गते र राप्ती हाइड्रोको भदौ २९ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । 

दुवै कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका हुन् । जस अनुसार दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता र राप्ती हाइड्रोले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् । 

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले हकप्रद निष्काशन गर्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved