मल्टीपर्पस फाइनान्सको हकप्रद बाँडफाँड, १ लाख ४२ हजार कित्ता बिकेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 08:25:23 AM मा प्रकाशित

laxmi  sunrise bank

मल्टीपर्पस फाइनान्स लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले असोज १२ गते हकप्रद बाँडफाँड गरेको हो ।

कम्पनीले १ कित्ता शेयर बराबर ०.३५  कित्ता अर्थात् ३५ प्रतिशत अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने ४ हजार ३ सय २८ शेयरधनीहरुलाई १४ लाख ३९ हजार २ सय २७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

यस हिसाबमा कम्पनीको १ लाख ४२ हजार ७ सय ७३ कित्ता हकप्रद बिक्री भएको छैन । यो शेयर अब लिलाममा आउने छ । 

कम्पनीले भदौ १० देखि भदौ ३१ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved