सेबोनले आयोजना गरेको कार्यक्रममा पुगेर अर्थमन्त्रीले भने - सेयर बजार स्वस्थकर बनाउन जरुरी छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2023 | 12:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  विश्व लगानीकर्ता सप्ताहको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै  अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

शेयरबाट लाभ प्राप्त गर्न सकेमात्रै आम सर्वसाधारण यसतर्फ केन्द्रित हुने बताउँदै मन्त्री महतले आम सर्वसाधारणका लगानीको सुरक्षा हुनुपर्ने बताए । सेयर बजारको अहिलेको प्रवृत्ति हेर्दा सीमित व्यक्तिले मात्रै लाभ लिइरहेको उल्लेख गर्दै मन्त्री महतले आम सर्वसाधारण भने जोखिममा रहेको बताए । यसका लागि वित्तीय साक्षरताको आवश्यकता रहेको उनको भनाई छ ।  'कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ भन्ने जानेका खेलाडिले यसबाट फाइदा लिने गर्छन् भने आम लगानीकर्ता जोखिममा पर्ने अवस्था विद्यमान छ ।’ उनले भने, 'कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।’

 शेयर बजारमा लगानी आकर्षित गर्नका लागि स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको उनको भनाई छ  । उनले भने, पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् । 

च्याटबट शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’

सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved