कुमारी बैंकले पायो ५ अर्बको ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 12:44:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५  अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति पाएको हो ।

१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । 

५० लाख कित्ता मध्ये २० लाख कित्ता सर्वसाधारणलाई र बाँकि ३० लाख कित्ता निजि तबरबाट बिक्रि हुने छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved