सोनापुरको आईपीओमा आवेदन दिने म्याद थपियो, हालसम्म कति पर्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 08:26:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले म्याद थप गर्दै असोज २८ गतेसम्म आईपीओ बिक्री खुला राख्ने निर्णय गरेको हो ।

यद्यपि सो मिति अगावै पूर्ण आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर त्यस अगाडी नै आईपीओ बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। कम्पनीको शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीको आईपीओमा असोज १६ गतेसम्म ७ लाख ३२ हजार बढीले आवेदन दिएका छन् । मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ७ लाख ३२ हजार ९ सय ५३ जना आवेदकले ८५ लाख ६६ हजार ८ सय ४० कित्ताका लागि २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८ सय ४७ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ८८.० प्रतिशत हो । 

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ ।

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved