सिटिजन्स बैंकले आज असोज १७ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
३० लाख कित्ता मध्ये १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको १२ लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।
यस ऋणपत्रमा छिटोमा असोज २१ गतेसम्म सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो कार्तिक १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।
ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।