बिजुली गडबड हुँदा आज शेयरकारोबार नै सुरु भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 11:10:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयरबजार प्रभावित भएको छ। बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा शेयर बजार प्रभावित भएको हो 

बिजुली गडबडीको कारण आज बुधबार प्रि ओपन सेसनमा कारोबार भएन । त्यस्तै ११ बजे सुरु हुनु पर्ने नियमित सत्रमा पनि कारोबार सुरु भएको छैन । नेप्सेले यस बारे नोटिस निकालेर प्राविधिक गडबडीका कारण केहि समय बजार प्रभावित भएको जनाएको छ । नेप्सेको सूचनामा भनिएको छ 'प्राविधिक समस्याका कारण आज मिति २०८०।०८।१३ गते प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमा प्रार्थी छ'

केहि समयपछि बजार खुल्ने बताईएको छ । स्रोतका अनुसार नेप्से वरपर निर्माण कार्य गर्दा नेप्सेको पनि बिजुली काटिएको र सो बारे नेप्सेलाई जानकारी नगराउँदा समस्या आएको हो । 

आजको स्पेसल प्रि ओपन सेसनमा त्रिशुली जलविद्युत कम्पनीको शेयर कारोबार हुनु पर्ने थियो ।  स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भए पछि कम्पनीको नियमित सत्रमा कारोबार हुनु पर्ने थियो । तर आज स्पेसल प्रि ओपन सेसन र प्रि ओपन सेसनको कारोबार हुन नसक्दा अब कम्पनीको पहिलो कारोबार भोलि बिहिबार मात्र हुने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved