घलेम्दी हाइड्रोको हकप्रदमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 11:33:40 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रदमा हाल सम्म १० हजार बढीले आवेदन दिएका छन् । आज बिहिबार बिहान १० बजेसम्ममा कम्पनीको हकप्रदमा १० हजार ६ सय ९३ जना आवेदकले १० लाख ४६ हजार ४ सय ५३ कित्ताका लागि १० करोड ४६ लाख ४५ हजार ३ सय रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो मागको ९.५ प्रतिशत हो ।

घलेम्दी हाइड्रोपावर लिमिटेडले मङ्सिर १० गतेदेखि हकप्रद बिक्री खुला गरेको हो । कम्पनीले  १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब १० करोड बराबरको १ करोड १० लाख कित्ता सेयर निष्काशन गरेको हो । यस निष्काशनमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

कम्पनीले हकप्रद प्रयोजनको लागि कार्तिक ३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले कार्तिक २ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले असोज १८ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो  ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी  गर्ने कम्पनीले जनाएको छ ।

यो पनि : ‘नयाँ आयोजना बनाउन हकप्रद निष्काशन गरिएको हो, छुजुङ्गखोला बनेपछि राम्रो लाभांश दिन्छौ’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved