प्रभु क्यापिटलमा डिम्याट हुनेलाई मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 08:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।  मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरसँग सम्झौता गर्दै क्यापिटलले अफर ल्याएको हो ।

 उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा मेरिना ईन्पेक्स एन्ड टेलरिङ सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका छन्। 

 सम्झौता अनुसार अन्र्तगत प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले मेरिना ईम्पेक्स एन्ड टेलरिङ सेन्टरबाट सेवा लिदा २५ प्रतिशत छूट अफर पाउने भएका छन् । क्यापिटलका अनुसार यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आई डी कार्ड प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा ईम्पेक्सले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ ।

यो अफर क्यापिटलका हितग्राही ग्राहकहरुले समझौता अवधिदेखि आगामी २ बर्ष अवधि १७ मंसिर २०८२ सम्मका लागि ईम्पेक्सको सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ। यसले बागबजार, न्यूरोड, गाबाल, सामाखुशीमा रहेका ४ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दछ ।

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved