मुक्तिनाथ कृषि कम्पनीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 04:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ। यस सम्बन्धि सम्झौतामा मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट संचालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।

यस संगै मुक्तिनाथ कृषि कम्पनीको शेयरहरु सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्ने छ  । 

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज मंगलबार बाँडफाँड भएको छ । उक्त शेयर नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले ति शेयर कारोबार गर्न सक्ने छन् ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved