स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 08:33:46 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि मङ्सिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

कम्पनीले पुस ४ गते काठमाडौँको बालुवाटार स्थित आम्रपाली ब्यान्क्वेटमा बिहान १० बजेको लागि सभा आह्वान गरेको छ।  सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् 
कम्पनीले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.३५९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१) यस वित्तीय संस्थाको २२औं वार्षिक साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्ने ।

३) आ.व.२०७९/८० सम्मको मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम चुक्तापुँजीको ०.६५०५% ले हुन आउने रकम रु.८३,९४,९७४/- (अक्षरेपी त्रीयासी लाख चौरानब्बे हजार नौ सय चौहत्तर) नगद लाभांश (बोनस शेयरको करको लागि) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुलाई वितरण गर्न स्वीकृत गर्ने ।

४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) तथा कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन २०६३ को दफा १११ (३) अनुसार आ.व. २०७९/८० का लागि नियुक्त बहालवाला वाह्य लेखापरीक्षक श्री सुन्दर एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्स्, पुल्चोक, ललितपुर समेत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नको लागि नियुक्त हुन योग्य रहेको) 

५) संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित १ जना संचालकको कार्यकाल आगामी २०८० पौष २० गते समाप्त हुने हुँदा उक्त स्थानमा नयाँ संचालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव :

१) नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम आ.व. २०७९/८० सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.१,२९,०४,९५,५००/- को १२.३५९९% ले हुने रकम रु. १५,९५,०४,५००/- (अक्षरेपी पन्ध्र करोड पन्चानब्बे लाख चार हजार पाँच सय रुपैया मात्र) बराबरको १५ लाख ९५ हजार ४५ कित्ता बोनस शेयर शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने गरी जारी गर्ने ।

२) हालको जारी तथा चुक्ता पुँजी रु.१,२९,०४, ९५,५००/- मा उपरोक्त बमोजिमको बोनस शेयर जारी गरेर जारी तथा चुक्ता पुँजी रु.१,४५,००,००,०००/- कायम गर्ने ।

३) प्रबन्धपत्रको दफा २, ५ (ख) र ५ (ग) निम्न अनुसारले संशोधन गर्ने प्रबन्धपत्रको ५ (ख) (जारी पुँजी), र ५ (ग) (चुक्ता पूँजी) संलग्न तिन महले अनुसूची अनुसार हुने गरी संशोधन गर्ने ।

४) प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

५) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त "घ" वर्गका एक वा एकभन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर / प्राप्ती ( Merger / Acquisition) गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved