कुन मूल्यमा भयो त्रिशुली जलविद्युत कम्पनीको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 10:51:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सच्नेज नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । आजको नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय भएको हो ।

कम्पनीको पहिलो कारोबार २६८ रुपैयाँमा भएको हो । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि ८९.३८ रुपैयाँ देखि २६८.१४ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्च बिन्दुबाट नै कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  TVCL सिम्बलबाट कारोबार भएको हो ।  

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्काशन गरेको थियो। २०८० मङ्सिर १२ गते कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर सुचिकृत भएको थियो ।

कम्पनीले २०७५ चैत्रमा प्रति सेयर एक सय रुपैयाँ  अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।  कम्पनीले बाँकि ९० रुपैयाँको लागि २०७९ असोज ४ देखि २०७९ कार्तिक १७ गतेसम्म आवेदन खुलाएको थियो । २०७५ मा १० रुपैयाँ तिरेर आईपीओ खरिद गरेका सबै लगानीकर्ताले २०७९ मा बाँकि ९० रुपैयाँको लागि आवेदन नदिएपछि शेयर सूचीकरणमा ढिलाई भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार करिब ७ करोड रकम जतिको आवेदन परेको थिएन ।  यो शेयर आम सर्वसाधारण कै हकको शेयर भएकोले उनीहरुले आवेदन दिउन् भन्ने उदेश्यले  म्याद थप गर्नको लागि कोशिस गरिएकोले सूचीकरणमा ढिलाई भएको कम्पनीले उल्लेख गरेको छ ।  

कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । प्रति कित्ता १० रुपैयाँको दरले खरिद गरिएको शेयर भने सोहि बेला नै TVCL सिम्बलमा लगानीकर्ताको मेरोशेयर खातामा आईसकेको छ । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले २०७९ असोजमा प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने थियो । त्यस समय ७ करोडको आवेदन नपरेको कम्पनीले जनाएको छ। 

कम्पनीले रसुवा र नुवाकोटको सिमानामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्पनीको आईपीओमा १० हजार कित्ता आवेदन दिएर जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गरेका थिए।  १० हजार कित्ताको लागि आवेदन दिएका ओलीले २० कित्ता मात्र शेयर पाएका थिए। त्यस्तै १० हजार कित्ता कै लागि आवेदन दिएकी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि २० कित्ता नै शेयर पाएकी थिइन्। तत्कालिन उर्जा मन्त्री बर्षमान पुन, उनकी  पत्नी ओनसरी घर्तिले पनि २० कित्ता नै शेयर पाएका थिए। मन्त्रालयका सचिवले पनि २० कित्ता नै शेयर पाएका थिए ।  

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । 

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको व्याज बाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । आयोजना प्रगति करिब ७० प्रतिशत सम्पन्न भएको र आगामी १ वर्ष भित्रमा विद्युत उत्पादन लक्ष्य कम्पनीको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved