प्रभु क्यापिटलमा डिम्याट हुनेलाई आगन्तुक रिसोर्टमा छूट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:27:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि  विशेष छूटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छूट अफरका लागि समझौता भएको हो।

 सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ्ग डाईरेक्टर  सुरज बिष्टले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरुले आगन्तुक रिसोर्टबाट सेवा लिदा सबै सेवाहरुमा १५ प्रतिशत छूट अफर पाउने भएका छन् । हितग्राही ग्राहकहरुले सम्झौता अवधिदेखि आगामी १ बर्ष अर्थात २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छूट अफर पाउने छन् ।

अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो् आईडी कार्ड देखाउनु पर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिने क्यापिटलले जनाएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved