५० रुपैयाँमा आईपीओ निकालेको हाथवेको शेयर मूल्य २ महिनामा ५ सय माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 10:54:59 AM मा प्रकाशित

laxmi  sunrise bank

५० रुपैयाँमा आईपीओ निकालेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ५ सय रुपैयाँ माथि पुगेको छ । आज सोमबारको प्रि ओपन सेसनमा कम्पनीको शेयर मूल्य १.८२ प्रतिशतले बढेर ५०४ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयर कारोबार २०२३ अक्टोबर ११ बाट सुरु बह्येको थियो । आज २०२३ डिसेम्बर ११ अर्थात् ठ्याक्कै २ महिनापछि कम्पनीको शेयर कारोबार ५ सय माथि पुगेको हो । 

नेप्सेमा हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबार प्रति कित्ता २८५.२ रुपैयाँमा भएको थियो  । नेप्सेले  हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता शेयर निष्काशन गरेको थियो। नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेको हो  । 

कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुगेको छ ।  

हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्काशन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्काशन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । 

यस कम्पनीले शेयर बजारमा लगानी गर्दै आएको छ । यस कम्पनीको संस्थापकहरुमा आईएमई समुहमा आवद्द व्यक्तिहरु रहेका छन् । कम्पनीको ३०.१ प्रतिष शेयर हेमराज ढकालसंग रहेको छ । उनी आईएमई ग्रुपको को-फाउण्डर तथा म्यानेजिङ डाइरेक्टर हुन् । त्यस्तै कम्पनीको २८.१ प्रतिशत शेयर एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । ८.७ प्रतिशत शेयर अम्बिका प्रसाद पौडेलसंग रहको छ भने ५.७ प्रतिशत शेयर निमिषा इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved