३ दिन भित्र वित्तिय विवरण बुझाउन नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 06:38:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले वित्तिय विवरणहरु बुझाउन बाँकि रहेका कम्पनीहरुलाई ३ दिन भित्र वित्तिय विवरणहरु बुझाउन निर्देशन दिएको छ ।

 सूचीकृत संगठित संस्थाहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तिय विवरणहरु (प्रतिवेदन) सो विनियमावलीले निर्दिष्ट गरेको समयमा नेप्सेले उपलब्ध गराएको नट्स लगइन मार्फत बिद्युतीय प्रति अपलोड गर्नुपर्ने व्यवस्था छ। केही संगठित संस्थाहरुले त्यस्ता वित्तिय विवरणहरु समयमा पेस गरेको नदेखिएकोले ३ दिन भित्र नट्स को लगइन मार्फत अपलोड गर्न नेप्सेले निर्देशन दिएको हो।  

नेप्सेले समयमै वित्तिय विवरणहरु अपलोड नगर्ने संगठित संस्थाहरुलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गरिने पनि जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved