२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 08:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर २७ गते २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज मितेरी डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

मितेरी डेभलपमेन्ट बैंकले  पुस १४ गते धरानमा आह्वान गरेको छ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

नेपाल इन्स्योरेन्सले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिअशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved