मुक्तिनाथ कृषि कम्पनीको शेयर ८ दिन मै नेप्सेमा सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 12:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ७० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै बिहिबार देखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बिहिबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि ७६ रुपैयाँ ८१ पैसा देखि २३० रुपैयाँ ४३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । कम्पनीको MKCL सिम्बलबाट कारोबार हुने छ ।

यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीले आईपीओ बाँडफाँड गरेको सबै भन्दा छिटो अर्थात् ८ दिन मै शेयर सुचिकृत गराएर नयाँ रेकर्ड कायम गरेको हो । 

 आईपीओ बाँडफाँड भएकै दिन कम्पनीका संचालक तुलसीराम ढकालले मङ्सिर महिना भित्रै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकरण गराएर कारोबार सुरु गर्ने बताएका थिए । कम्पनीले सोहि दिन शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको थियो भने सोहि दिन नै सिडीएसमा शेयर सूचीकरणको लागि आवेदन दिएको थियो । 

संचालक ढकालले  पुस भित्र साधारणसभा गरिसक्ने बताएका छन् ।  

कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved